वाणिज्य बैंकहरुको निक्षेपमा उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेपमा उछाल



काठमाडाैं । असार लागेपछि वाणिज्य बैंकहरुको निक्षेपमा उछाल आएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार असार महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेको छ। योसँगै असार २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब रुपैयाँमात्रै थियो। सरकारी खर्च बढेसँगै पछिल्लो दुई सातामा वाणिज्य बैंकहरुको निक्षेप उल्लेख्य बढेको देखिन्छ। गत असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको थियो।

त्यसपछिको एक साता अर्थात असार १८ गतेदेखि असार २४ गतेसम्म वाणिज्य बैंकहरुको थप ६२ अर्ब रुपैयाँले बढेको छ।

असार लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी भने १९ अर्ब रुपैयाँले घटेको छ। गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्म आइपुग्दा घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित बनेको छ। ऋण घटेर निक्षेप बढ्दा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८८ प्रतिशतमा आएको छ।

प्रकाशित : २८ असार २०७९, मंगलवार १५:२१