नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु



काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज (सोमबार)बाट सुरु भएको छ। मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार सुरु गरेका हुन्।

अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार नबिल बैंकको नामबाट शुरू हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।

यही असार १५ गते राष्ट्र बैंकको सञ्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । स्वाप रेसियो १०० बराबर ४३ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको हो।अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्तामात्रै शेयर हुनेछ ।

नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन्। दुइ बैंक गाभिएपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित : २७ असार २०७९, सोमबार १२:०२