नबिल र एनबी बैंकको एकीकृत कारोबार सोमबार पनि नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल र एनबी बैंकको एकीकृत कारोबार सोमबार पनि नहुने



काठमाण्डौ । नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । दुवै बैंकले संयुक्त रुपमा निकालेको सूचनामा भोलि असार २७ गतेबाट एकीकृत कारोबार सुरु नहुने जानकारी गराइएको हो।

सरकारको सालतमामी परेका कारण सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकोले समायोजन कार्य ढिलो हुन गई भोल असार १७ गते सोमबार पनि बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने सूचनामा जानकारी गराइएको छ।

उक्त समयमा दुवै बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने छ। गत असार २३ गते प्रकाशित सूचनामा भने दुवै बैंकको एकीकृत कारोबार असार २७ गतेबाट हुने भनिएको थियो।

एकीकृत कारोबारका लागि दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि नबिल बैंकको असार २३ गतेदेखि असारन २७ गते कार्यालय समयअघिसम्म र नेपाल बंगलादेश बैंकको असार २३ गतेदेखि असार २७ गते कार्यालय समयअघिसम्म सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गरिने जानकारी गराइएको थियो।

प्रकाशित : २६ असार २०७९, आईतवार १७:१८