आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । आगामी असार २६ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

बकर ईद असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध आएकाले आइतबार सो दिन बिदा कायम गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तिय संस्था त्यस दिन बन्द हुने भएको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार १५:५१