सिन्धु विकास बैंकले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिन्धु विकास बैंकले लाभांश नदिने



काठमाडौं । सिन्धु विकास बैंकले यस बर्ष शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको आज असार ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट पनि लाभांश बितरण गरेको थिएँन ।

बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट भने ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ७ असार २०७९, मंगलवार १७:२१