काठमाडौं । पछिल्लो ६ महिनामा पांच वाणिज्य बैंकले मात्रै १ सय ४ मेट्रिक टन चांदी आया गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको तथ्यांकअनुसार रकमको आधारमा भने बैंकहरुले यो अवधिमा मात्रै ५ अर्व ६३ करोड रुपैयांको चांदी आयात गरेको हो । मार्जिन कम भए पनि बजारमा माग बढी भएपछि बैङकहरु चांदीको व्यापारमा बढी केन्द्रीत हुन थालेका हुन् । चांदीको विक्रीमा मार्जिन औसतमा प्रति केजी ०.५ प्रतिशतमात्र भएपनि अत्यधिक मागका कारण नियमित आम्दानी भएकाले आयात भइरहेको श्रोतले जनाएको आजको आर्थिक अभियानमा खबर छ ।
चांदी आयातस्थिति (पुस १७ देखि जेठ १४ सम्म)
बैंक परिणाम (केजीमा) रकम (लाखमा)
मेगा ५०१९० २७११५
सिटिजन्स् ८००० ४२५९
सानिमा ३६७४० १९७८४
प्राइम कमर्शियल २००० ११४०
सेञ्चुरी कमर्शियल ६४८० ३४५७
सिद्धार्थ १००० ५५०
Comment