काठमाडौं । केहि समयदेखि निरन्तर ओरालो लागेको नेपाली शेयरमार्केट साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा रोकिएको हो ।
मंगलबार एक अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अज कारोबार भएका कम्पनीहरु मध्ये १५ कम्पनीको शेयरमुल्य बढेको छ भने १८१ कम्पनीको शेयरमुल्य घटेको छ ।
त्यसैगरी आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ ।
हिमालयन बैंकका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । आज यस बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस बैंकको आज ६ करोड ११ लाख ८८ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment