३५ लाख लुटपाट भएको घटनामा मालिगाउँ वृत्तका हवल्दार पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

३५ लाख लुटपाट भएको घटनामा मालिगाउँ वृत्तका हवल्दार पक्राउ



काठमाडौं । लैनचौरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको घटनामा प्रहरीकै समूह संलग्न रहेको देखिएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपालीलााई पक्राउ गरेको छ भने थप दुईजना प्रहरी अधिकारी फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो । तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपाटमा परेका थिए । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध (संहिता) को डाँका चोरी सम्बन्धी कसूरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार १५:५२