निक्षेप बीमाको सीमा ५ लाख पुर्‍याइने, लघु बीमा कम्पनीको स्थापना गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निक्षेप बीमाको सीमा ५ लाख पुर्‍याइने, लघु बीमा कम्पनीको स्थापना गरिने



काठमाडौं । सरकारले लघु बीमा कम्पनीको स्थापना गरिने जनाएको छ । अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण मार्फत बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक महत्त्वपूर्ण आधारस्तम्भको रूपमा विकास गर्नको लागि गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी बीमा सूचना केन्द्र स्थापना गरिने बताएका हुन्।

बीमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ। बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नु पर्ने व्यवस्था मिलाइने बताएका छन्। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिएको छ। निक्षेप बीमाको विद्यमान सीमा रु. ३ लाखबाट वृद्धि गरी रु. ५ लाख पुर्‍याइएको छ।

राष्ट्रिय बीमा नीति र विपद् जोखिम बीमा रणनीति तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ। एक परिवार एक बीमा अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानीय तहसम्म बीमाको पहुँच विस्तार गरिनेछ। बीमा महाविपत्ति बण्ड जारी गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने बताईएको छ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार ११:३८