सहारा नेपाल बचत तथा ऋण सहकारीको एकदिने प्राविधक तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सहारा नेपाल बचत तथा ऋण सहकारीको एकदिने प्राविधक तालिम सम्पन्न



काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एकदिने प्राविधक तालिम दिएको छ । संस्थाको शनिश्चरे सेवा केन्द्रले संस्थाका पशुपालक उद्यमी सदस्यलाई एकदिने प्राविधक तालिम दिएको हो ।

संस्थाले अर्जुनधारा–६ स्थित दासपुलमा बंगुरपालक कृषकहरुलाई शनिवार तालिम प्रदान गरेको हो । सेवा केन्द्रले प्राविधिक तालिमका साथै पशुकालागि औषधी समेत बितरण गरेको छ ।

तालिममा ४० जना सदस्यहरुको सहभागीता रहेको तालिमका सहजीकर्ता डा। कमलेश्वर भाटले जनाए । तालिममा संस्थाका बिर्तामोड कार्यालयका अनुगमन अधिकृत धनश्याम रायले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

तालिममा कृषकहरुलाई पशुका लागि जुका, आइरन, आइभी म्याक्ट, सार्को फेरललगायतका औषधि वितरण गरिएको थियो । पशुपालक कृषकलाई दाना बनाउन समेत सिकाइएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार २२:५६