बससेवा मार्फत टिकट काटेका तिन जनाले पाए सुनको असर्फी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बससेवा मार्फत टिकट काटेका तिन जनाले पाए सुनको असर्फी



काठमाडौं । अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमुले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका तीन जना विजेताले सुनको असर्फी पाएका छन्।

अनलाइन मार्फत टिकट बुकिङ गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी पाएका हुन्।

त्यसैगरी, २० जना यात्रुले क्युएफएक्स मुभि टिकट जितेका हुन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन्। उपहार विजेताहरू बुधबार गोलाप्रथा मार्फत चयन गरिएको थियो।

गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको फेसबुक पेजमार्फत गरिएको थियो। बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको थियो। अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी थिए।

बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित विभिन्न अफर सार्वजनिक गर्ने जनाएको छ। बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो। यसले नेपालभरका एसी, डिलक्स, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ।

यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेशन तथा ई-सेवा, फोन-पे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साइबर, कम्युनिकेशन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १८:५२