काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबढेपछि सार्वजनिक यातायातको भाडा पनि बढेको छ । एक हप्तामा २ पटक सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले मंगलबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको छ। यसअघि गत जेठ ३ गते मात्रै भाडा वृद्धि गरेको थियो ।
नयाँ भाडादर समायोजन अनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको हो ।
Comment