पाँच जना एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा डीआईजी सुवेदी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पाँच जना एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा डीआईजी सुवेदी



काठमाडौ। गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

आज बसेको बढुवा समितिले डीआईजी उत्तमराज सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम सिफारिस गरेको हो।

डीआईजी सुवेदीलाई ७२.१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारिस गरिएको छ।

त्यस्तै, दोस्रोमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्। उनीहरु प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहका ब्याची हुन्।

प्रकाशित : 23 May, 2022 11:53 am