नेप्से सूचक ३१.७६ अंकले गिरावट, कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से सूचक ३१.७६ अंकले गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक फेरि २३ सय विन्दु मुनि आएको छ । आज नेप्से सूचक ३१.७६ अंकले ओरालो लागेर दुई हजार २ सय ७५ दशमलब ६८ अंकमा रोकिएको हो ।

आज कारोबार भएका मध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ, १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसको शेयरमुल्य प्रतिकित्ता १३८२.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज ग्रीन भेञ्चर लिमिटेड कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ९.३६ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ४ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १५:४४