नियामक निकाय आर्थिक बृद्धिभन्दा पनि राजस्वमुखी भयो: अध्यक्ष शेखर गोल्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नियामक निकाय आर्थिक बृद्धिभन्दा पनि राजस्वमुखी भयो: अध्यक्ष शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात बढ्नुमा निजी क्षेत्रभन्दा बढी सरकारी नीति दोषी रहेको आरोप लगाएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।


उनले निजी क्षेत्रमा जुन अनुपातमा कर्जा बिस्तार भयो, त्यसको ठूलो अंश आयातमा प्रयोग भएको छ । यस कुरामा निजि क्षेत्रको कुनै दोष नरहेको पनि बताएका छन्। उनले भने, जबसम्म सरकारको नीति राजस्वमुखी हुन्छ तबसम्म कर्जा बिस्तारको प्रभाव आर्थिक बृद्धिमा देखिदैन् । नियामक निकाय आर्थिक बृद्धिभन्दा पनि राजस्वमुखी भयो’ ।

त्यसैगरी, गोल्छाले नेपालको अवस्थालाई श्रीलंकासँग तुलना गर्न नहुने पनि बताएका छन् ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १२:४८