काठमाडौँ । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आ.व.२०७७/७८ को अन्त्य सँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो ।
यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।
मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, “ हाम्रो शुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन । आज यहाँहरु सँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाईसम्म पु-याउनुभएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।”
आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए ।
Comment