नेप्सेले लागु गर्याे मार्जिन कारोबार सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेले लागु गर्याे मार्जिन कारोबार सुविधा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा लागु गरेकाे छ ।

नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)–२०७७ धितोपत्र बोर्डको निर्देशन पश्चात लागू भएको जनाएको छ ।

कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनु पर्नेछ ।

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार १३:५९