सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज आइतबार सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आईतवार १२:५४