शुक्रबारदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शुक्रबारदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकको चेतावनी



काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले शुक्रबार देखि लागु गर्ने भनिएको रात्रिकालिन उडान योजनालाई नेपाल वायुसेवा सञ्चालक संघमा आवद्ध वायु सेवा कम्पनीहरुले कार्यन्वयन नगर्ने भएका छन् ।

प्राधिकरणले आन्तरिक हवाई उडानको लागि तालिका राखेमा शुक्रबारबाट सबै आन्तरिक उडान सेवा ठप्प पार्ने संघले चेतावनी दिएको छ ।

संघमा नेपाल एयरलाईन्स बाहेक सबै एयरलाईन्स कम्पनी आबद्ध छन् । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तिरिक उडान वायुसेवा कम्पनीहरुलाई पत्र लेख्दै नयाँ तालिका बारे जानकारी गराएको थियो ।

सो तालिका अनुसार उडान कार्यन्वन गर्न प्राविधिक समस्या रहेको नेपाल वायुसेवा सञ्चालकले जनाएको छ । नयाँ तालिका संम्शोधन नभएसम्म संम्पुर्ण उडान नगर्ने संघका प्रवक्त्ता योगराज कंडेल शर्माले बताए ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १७:२३