सुनको मुल्य एकैदिन तोलामा एक हजारले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य एकैदिन तोलामा एक हजारले गिरावट



काठमाडौं । विहिबार सुनको मुल्यमा भारी गिराट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैंयाले घटेर प्रतितोला ९८ हजार रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९९ हजार रुपैंयामा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० सय रुपैंया कायम रहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले घटेरे प्रतितोला १३ सय २० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार ११:३८