गभर्नरको मुद्दा हेर्दाहेर्दैमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गभर्नरको मुद्दा हेर्दाहेर्दैमा



काठमाडाै‌ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ । आफूविरुद्ध जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।तर आज सुनुवाई नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको छ ।

सोहि अनुसार आज दुवैपक्षबीच यस विषयमा छलफल भएको हो । तर आजको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।अब यस मुद्दामा अर्को दिन पनि बहस हुने छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार १८:४०