सुनको मुल्य ओरालो लाग्यो, चाँदीको भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य ओरालो लाग्यो, चाँदीको भने स्थिर



काठमाडौं । साताको तेस्रो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला एक लाख २०० सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार १२:०३