काठमाडाैं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पार्टी काार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । उद्यमशीलता र रोजगारीः समृद्धिका लागि सहकारी नारा सहित एमालेले स्थानीय पुँजीको सङ्कलन, उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणका माध्यमका रुपमा सहकारीलाई विकास गर्ने बताएको छ ।
९ बैशाख २०७९, शुक्रबार १६:२०
Comment