नाै महिनामा व्यापार घाटा १३ खर्ब बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नाै महिनामा व्यापार घाटा १३ खर्ब बढी



                     

काठमाडौं ।भन्सार विभागले चालू आर्थिक वर्षको ९ महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार चालू आवको ९ महिनामा ३१ ‍‍.९७ प्रतिशतले आयातमा वृद्धि भएको छ । तुलनात्मक रुपले यो रकम २७.२६ प्रतिशत बढी हो ।

यस अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक २०७७/७८ मा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो । गत आर्थिक बर्षको तुलनामा यो रकम ३१.९७ प्रतिशत बढी हो ।

त्यसैगरी, चालू आर्थिक वर्षको नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको २०७७/७८ मा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो जुन ६९.४४ प्रतिशतले बढी देखिन्छ ।

तथ्यांक अनुसार निर्यात भन्दा आयातमा वृद्धि हुँदा व्यापार घाटा बढेको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८.४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

पछिल्लो नौ महिनामा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

त्यस्तै, चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोहि अबधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात र एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात भएको छ । भारतसँग ९ महिनाको अवधिमा नेपालले ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ

चीनबाट नौ महिनामा २ खर्ब ११ अर्ब ४ करोड ८० लाख बराबरको आयात र ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १४:१९