सहकारीले पुस सम्ममा कोपमिसमा आबद्ध भैसक्नु पर्ने, नभए के हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीले पुस सम्ममा कोपमिसमा आबद्ध भैसक्नु पर्ने, नभए के हुन्छ ?



काठमाडौ । सहकारी विभागले कोपोमिस सिस्टममा सबै सहकारीलाई अनिवार्य रूपमा आवद्ध हुन बाध्यकारी बनाउने भएको छ ।

नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले संयुक्तरूपमा आयोजना गरेको कोपोमिस अभिलेखिकरण अभिबृद्वि बिषयको कार्यक्रममा बोल्दै विभागका रजिस्ट्रार रूद्र प्रसाद पण्डितले कोपोमिस पूर्ण कार्यान्वयन गर्नतर्फ विभाग बाध्यकारी भएको र यसबाट भाग्न नपाउने बताएका छन् ।

उनले सबै सहकारीलाई आगामी पुस सम्ममा आबद्ध हुन आग्रह गरे । कोपोमिस प्रणालीमा आबद्ध नहुने सहकारीलाई तीन लाख सम्म जरिवाना गरिने बताईएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १३:१६