यी हुन्  सस्तो शेयर मूल्य भएका  वाणिज्य बैंक, किनिराखे फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी हुन्  सस्तो शेयर मूल्य भएका  वाणिज्य बैंक, किनिराखे फाइदा



काठमाडाैं ।  पछिल्लो समय शेयर  बजारमा उतार चढाव कायमै रहेको छ । बुधबार भने नेप्से परिसूचक ३६.७३ अंकले गिरावट आएको छ । देशमा भएको राजनितिक खिचातानी र सरकारले लागू गरेका नीति नियमका कारण पनि सोचे अनुरुप शेयर बजार माथी उठ्न सकेको छैन  ।  हुन त घट्दो बजार नयाँ लगानीकर्तालाई अवसर पनि हो । नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको अधिपत्य छ । यसमा वाणिज्य बैंकको शेयर आपूर्ति स्वभाविक रुपमा बढी हुन्छ ।

पुँजीबजारमा लगानी गर्ने मानिसहरुको आर्कषण निकै बढेको छ तरपनि बणिज्य बैकको रेसियो हेर्दा खासै राम्रो मान्न सकिदैन् । सायद बजार बढेको बेला त्यती राम्रो प्रतिफल दिन नसकेको कारणले पनि बैकहरुको मुल्य बजार घटेको समयमा झनै न्युन छ । यो समयमा बाणिज्य बैकमा लगानी गर्न चाहाने लगानीकर्ताको लागि १४ वटा बैकको शेयर मुल्य  सस्तोमा पाईएको छ । यसमा पनि ज्यादै न्युन मुल्यमा शेयर किन्न पाईने ८ वटा वाणिज्य बैकहरु छन् ।

उक्त बैकहरुमा सिभिल बैकको शेयरमुल्य सबैभन्दा न्युन २१३ रहेको छ जबकि यसको शेयर मुल्य माघको पहिलो दिन २६८ रुपैंया प्रतिकित्ता थियो । त्यसैगरी,अहिले  सेन्चुरी कमरर्सियल बैकको २१४ रहेको छ ।  यसको शेयरमुल्य माघको पहिलो साता २७४.६ रुपैंया प्रतिकित्ता थियो । कुमारी बैकको अहिलेको मार्केट मुल्य  २१७.९ प्रतिकित्ता छ तर यसको गत माघ महिनाको सुरुमा २७७ रुपैंया थियो ।

 नेपाल क्रेडिट एण्ड कर्मर्सियल बैकको  माघमा २८५.९ रुपैंयामा कारोबार भएको शेयरमुल्य अहिले २२६ मा किनबेच भएको छ । यसैगरी मेगा बैकको पहिला ३०६ मा कारोबार भएको शेयर अहिले घटेर २३४.९ पुगेको  छ । बैंक अफ काठमाडौंको पनि माघको पहिलो साता ३१७.४ थियो भने अहिले २४१.६ रुपैंयमा कारोबार भईरहेको तथ्याङ्ककले देखाएको छ ।

यसरी न्युन मुल्यमा झरेको बाणिज्य बैंकको शेयरमा लगानी गरी मुनाफा कमाउने दाउमा रहेका लगानीकर्ताहरुको लागि अर्को सनराईज बैंकको शेयर पनि न्युन विन्दुमै छ , जसको अहिलेको मार्केट मुल्य २३६.४ रुपैया रहेको छ भने पहिला माघमा यसको शेयर ३०० सय रुपैंयामा कारोबार भएको थियो । लक्ष्मी बैकको शेयर २३८ रहेको छ भने यसको शेयरमुल्य माघको पहिलो दिन ३१५ रुपैंया थियो ।

अहिलेको घट्दो अबस्थामा रहेरपनि अरुभन्दा उच्च मुल्यमा कारोबार गर्न सफल बाण्ज्यि बैकहरुमा नबिल बैक रहेको छ, यसको शेयरमुल्य ९४० रुपैयामा कारोबार भएको छ ।

2022-04-21 को नेप्सेको तथ्यांकको आधारमा

 माघको पहिलो कारोबार दिनको तुलनामा अहिले सबैभन्दा बढी प्रतिशतले मुल्यमा गिरावट आएको बैंक मेगा बैंक रहेको छ, यसको शेयरमुल्य ७१.१ प्रतिशतले घटेको छ । त्यस्तै,सबैभन्दा कम  प्रतिशतले शेयरमुल्य घटेको बैंक ग्लोबल आईएमइ बैक रहेको छ । यसको शेयरमुल्य १०.७६ प्रतिशतले घटेको तथ्याङ्ककले देखाएको छ ।

 २७ वटा वाणिज्य बैंकहरु मध्य २० वटा बैकहरुको शेयरमुल्य ५०० सय रुपैंया भन्दा कम रहेको छ । जसमध्ये १४ वटा बैकहरुको मुल्य ३०० रुपैया भन्दा कम छ । अहिले ३ सय रुपैंयाभन्दा तल मुल्य रहेका बैंकहरुमा  मेगा बैक नेपाल लिमिटेड,सिभिल बैक, बैक अफ काठमाडौं, प्राईम कर्मरसियल बैक,कुमारी बैक, सेन्चुरी कर्मरर्सियल बैक,नेपाल क्रेडिट एण्ड कर्मरर्सियल बैक, सनराईज बैंक, लक्ष्मी बैक, एनएमबी बैंक, प्रभु बैक, माछापुच्छ्रे बैक, सिटिजन बैक, ग्लोबल आईएमइ बैकहरु रहेका छन् ।

यस्तै वाणिज्य बैंकको मुल्य प्रतिकित्ता  ५  सयभन्दा कम रहेका बैंकहरुमा स्टाण्डर्ड चार्टर्ड बैंक, सानिमा बैक, नेपाल बैंक, कृषि विकास बैक, सिद्धार्थ  बैक, नेपाल एसबीआई बैक रहेका छन् । एक हजारभन्दा तल रहेका बैकहरु एनआईसी बैक, एभरेष्ट बैक, नबिल बैंक रहेका छन् ।

सेयर बजारका जानकारहरु लगानी गर्ने घट्दो क्रममा भएको हुँदा कम्पनीको अवस्था हेरेर लगानी गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : ८ बैशाख २०७९, बिहीबार ०८:०३