आम्दानी बढे पनि प्रभु बैंकको नाफा किन घट्यो ? यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आम्दानी बढे पनि प्रभु बैंकको नाफा किन घट्यो ? यस्तो छ कारण



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म १ अर्ब ७५ करोड २९ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा गत आवको सोही अवधिमा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

आम्दानी बढेपनि खर्चमा कटौती गर्न नसक्दा प्रभुको नाफा घटेको पाइएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६‍.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ पुगेको छ जगेडा कोष ६ अर्ब २७ करोड ९२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिसयर आम्दानी २४.७९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार ०८:३३