इभि मोटर्स नेपालको एक्सचेन्स मेला सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

इभि मोटर्स नेपालको एक्सचेन्स मेला सुरु



काठमाडौं । एलभिनेङग स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ८ बजे सम्म एक्सचेन्स मेला कार्यक्रम आयोजना गरिरहेको छ । यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजार सम्म प्राप्त गर्न सक्नेछन् ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ एलभिनेङग स्कुटरको खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु. ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

एलभिनेङग स्कुटर नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथियम ब्याट्री लगाइएको छ भने जर्मनीको बोस्च मोटर रहेको छ ।

इभि मोटर्स नेपालले सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि एलभिनेङग स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा ९३ हजार रुपैयाँ बचत गर्न सक्छ ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार १४:००