मेगाड्रिम सहकारीद्वारा सहकारी दिवसको अवसर वित्तीय साक्षरताका कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

मेगाड्रिम सहकारीद्वारा सहकारी दिवसको अवसर वित्तीय साक्षरताका कार्यक्रम



काठमाडाैं । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मेगा ड्रिम बहुउद्देश्यीय सहकारीले दुईवटा कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारी दिवसको पुर्वसन्ध्यामा बालाजु, काठमाडौँस्थित तरुण माध्यमिक विद्यालय र तक्षशिला माविका शिक्षकशिक्षिकाहरू समेतको उपस्थितिमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धि कार्यशाला गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम संस्थाले आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष महाशंकर रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका समिति, उपसमिति एवं कर्मचारीहरू र अन्य विभिन्न ७० जना शिक्षक शिक्षिकाहरु उपस्थिति रहेका थिए ।

कार्यक्रममा संस्थाका सचिव एवं प्रबन्ध संचालक इन्द्र प्रसाद गेलालले वित्तीय जानकारी, सहकारी संस्था र संस्थाको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष वासुदेव भट्ट, शिक्षा उपसमिति सदस्य हर्कप्रसाद जोशी तथा तरुण माविका प्रधानाध्यापक बाबुराम न्यौपाने लगायत वक्ताहरुले आफ्नो विचार व्यक्त गर्दै सहकारी क्षेत्रको भूमिका एवं मेगा ड्रिम सहकारीले गरेको कार्यको प्रशंशा गरे । कार्यक्रम संचालन संस्थाका मुख्य व्यवस्थापक प्रदिप जोशीले गरेका थिए ।

त्यसैगरी संस्थाले पशुपति क्षेत्रमा मनाइने विभिन्न जात्राका लागि सृजनशील युवाक्लव र पशुपति ज्यापू पुचःलाई २५० थान टिसर्ट एवं विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

पशुपति क्षेत्रमा नेवार समुदायले गाइजात्रा संगै बर्षेनी मनाउने गरेको वत्सलेश्वरी माई, बज्रेश्वरी माई र आकाश भैरवको जात्रालाई सघाउ पुर्‍याउन संस्थाका प्रबन्ध संचालक इन्द्रप्रसाद गेलाल, शिक्षा उपसमितिका संयोजक शेखर बस्नेत तथा व्यवसायिक उपसमितिका संयोजक राजकुमार श्रेष्ठ जात्रामा सहभागी भई रथ तान्नुका साथै सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : १७ चैत्र २०७८, बिहीबार १४:३४