काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सदस्य सेवा केन्द्र, जोरपाटीका सदस्यहरुका लागि सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न लागेको संस्थाका सचिव बलदेव कुमार पाैड्यालले जानकारी दिए ।
कार्यक्रम आगामी साता (१९ गते शनिबार) गोकर्णेश्वर न.पा. वडा नं – ६ चाल्स डार्विन एकेडेमीमा हुने जनाएको छ ।
Comment