चन्द्रागिरी साकोसको उद्यमशीलता विकास तालिम सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरी साकोसको उद्यमशीलता विकास तालिम सुरु



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्ने अभिप्रायले उद्यमशीलता विकास तालिम आजबाट सुरु गरेको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा ८ दिनसम्म चल्ने उक्त तालिम आजबाट सुरु भएर चैत्र २२ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा सहभागीहरुलाई उद्यमशीलता सम्बन्धी विभिन्न विषयहरुमा प्रशिक्षण दिने कार्यक्रम रहेको साकोसले जनाएको छ । तालिममा मुख्यतया व्यवसायीक योजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापन, बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाटको विषयमा प्रशिक्षण दिईनेछ ।

तालिमको उद्घाटन सत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा। रामजी न्यौपाने, प्रमुख अतिथि लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमका विभिन्न पक्षहरुमा प्रकाश पारेका थिए ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १६:१४