साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि चैत १५ गते देखि बुकक्लोज गर्नेछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। साल्ट ट्रेडिङ्गले लाभांश पारित गर्न चैत ३० गते बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, कम्पनीले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने र सञ्चालन नियुक्ती अनुमोदन समेत गर्नेछ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार ११:४७