शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अटो

शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला



काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ गतेबाट १५गतेसम्म खुल्ला हुनेछ ।

प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा रु. ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्ने जनाएको छ । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २ सय ५६ जिबिमा रु. १ लाख १४ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध छ ।

यसका केही विशेषताहरु मध्ये एउटा यसको सबैभन्दा छिटो चार्ज हुन्छ । यसकाे १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ । शाओमी १२ प्रो मा एच डि आर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको जनाएको छ ।

यो १२ जिबी प्लस २ सय ५६ जिबीको स्टोरेजमा उपलब्ध छ । ८ जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५०एमपीकाे मेन क्यामेरा र ५० एमपीकाे टेलिफोटो प्लस ५०एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो । जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ ।

यसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा घद्द एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मनर/कर्डोनका ४ वटा स्पिकरहरु छन् साथै, रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स पनि रहेको छ ।

शाओमी १२ प्रो नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला रहेको र मार्च ३० देखि बिक्री शुरु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : १३ चैत्र २०७८, आईतवार १४:२९