नयाँ सारथी लघुवित्तको साधारण सभा चैत २३ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नयाँ सारथी लघुवित्तको साधारण सभा चैत २३ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नयाँ सारथी लघुवित्त वितिय संस्था लिमिटेडले साधारण सभा र बुक क्लोजको मिती घोषणा गरेको छ । शनिबार बसेको संचालक समितिको बैठकले १३औं बार्षिक साधारण सभा बैशाख १० गते र बुक क्लोज मिति चैत्र २३ गते देखि बैशाख १० गते सम्मका लागि तोकेको हो । कार्यक्रम प्रधान कार्यलय काभ्रेको धुलिखेलमा हुनेछ ।


कम्पनीकाे हालको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैंया रहेको छ । जसमा कम्पानीले नगद लाभांस १ प्रतिशत र बोनष शेयर १९ प्रतिशत जारी गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने छ ।

साथै मंसिर १७ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालक पदमा एक कार्यकालको लागि सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको पनि जानकारी पेश गर्ने भएको छ । कोभिड १९को जोखिम कायमै भएकाले साधारण सभा भिडियो कन्फ्रेन्स जुम मार्फत गरिने भएको छ ।

प्रकाशित : १३ चैत्र २०७८, आईतवार १२:०४