कार अफ द इयरका इलेक्ट्रिक तीन कार फाइनलिस्टमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

कार अफ द इयरका इलेक्ट्रिक तीन कार फाइनलिस्टमा



काठमाडौं । यसपाली इतिहासमै पहिलो पटक तीनओटै फाइनलिस्टमा इलेक्ट्रिक कार पर्न सफल भएका छन् । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधि पहिराउने छन् ।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई आयोनिक– ५ र किया ईभी–६ परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन् ।

उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिने बताईएको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार १५:०१