नेप्सेमा दोहोरो अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा पुगेर रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत केही वृद्धि भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुई वटा उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा अन्य उपसमूह र होटल तथा पर्यटन उपसमूकको सूचक क्रमशः १.९ र ०.४३ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, विकास बैंकको उपसमूहको परिसूचक सबै भन्दा बढी २.९२ प्रतिशतले बढेको छ । जलविद्युत र फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले बढको छ । त्यस्तै,व्यापार , जीवन बिमा र लगानी उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले बढेको छ भने बाँकी उपसमूहको परिसूचक ० प्रतिशत भन्दा कमले बढेको छ ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य बढेको छ । तर यता नेपाल टेलिकमको शेयरमूल्य सर्वाधिक २.९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार १५:१८