विदेशी विनिमय कारोवार गर्ने सम्बन्धमा एकीकृत परिपत्र संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

विदेशी विनिमय कारोवार गर्ने सम्बन्धमा एकीकृत परिपत्र संशोधन



काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोवार गर्ने एकीकृत परिपत्र – २०७८ मा संशोधन गरिएको छ । बैंकले विदेशी विनिमय कारोवार गर्न /गराउन विभिन्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र २०७८ संशोधन गरेको हो ।

बोर्डबाट राष्ट्रिय आयोजनाको रुपमा पहिचान भएको र हाल निर्माण सुरु भएको कम्पनीले परामर्शदाता,ठेकेदार, आपूर्तिकर्तालाई दिनुपर्ने भुक्तानीको सटही सुविधा प्रदान गर्दा, लगानीबोर्डको कार्यलयबाट सिफारिस भई आएको आधारमा बाणिज्य बैकले सिधै भारतीय रुपैंयाको सटही सुविधा प्रदान गर्न सक्ने भएको छ।

साथै,उक्त सुविधा उपलब्ध गराउँदा त्यसको जानकारी लगानी बोर्ड र विदेशी विनिमय विभागमा गराउनु पर्ने बैंकले जनाएको छ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार १४:२५