नेशनल लाइफको साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेशनल लाइफको साधारण सभा सम्पन्न



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा आइतबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताए ।

नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी माग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रति ब्यक्ति आम्दानीमा भएको बृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा राखे ।

सभामा अध्यक्षले आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले बृद्धि भई रु.९२६.७४ करोड पुगेको छ ।

जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई रु.३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई रु.३,१८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी रु.४ अर्ब ३ करोड नाघेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १४:५२