नेष्डो समृद्द लघुवित्तको आइपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेष्डो समृद्द लघुवित्तको आइपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन



काठमाडाैं । नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आइपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन आज आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो आवेदन माग गरिए भन्दा ३८.८७ गुणा बढी हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यावस्था थियो । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

माग भन्दा बढीको आवेदन परेकोले यो आईपिओ पनि बाँडफाँड पनि गोलाप्रथाबाट हुने छ । जस अनुसार ७७ हजार ४ सय ५६ जनाले मात्र शेयर पाउने छन । आवेदन दिएका मध्ये २५ लाख बढी आवेदक हात खाली हुने छन् ।

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १८:४२