सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारीकर्मी धर्नामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारीकर्मी धर्नामा



काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आव्हानमा सहकारीकर्मीहरु सहकारी विभागको कार्यालय बानेश्वरमा धर्नामा बसेका छन् ।
सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारीकर्मी धर्नामा बसेका हुन् ।

बजारमा तरलताको विषम अवस्थाको जानकारी गराएर सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट उक्त विषयमा सुनुवाई नभएको भन्दै सहकारीकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

विभागमा सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसिरहेको छ । बैठकले ब्याजदर पुनरावलोकनका विषयमा निर्णय लिने आशा सहकारीकर्मीको छ ।

विभागबाट आज उपयुक्त निर्णय नआए आधार ब्याजदर र स्प्रेडदरको आधारमा सहकारी महासंघ आफैंले ब्याजदर बारे निर्णय गरेर अगाडि जाने काठमाण्डौ जिल्ला संघका अध्यक्ष ज्ञान बहादुर तामाङले बताए । ब्याजदर बढाउनु मात्र आफुहरुको उद्देश्य नभएको तर बैंक तथा वित्तीय क्षेत्रले निक्षेपमा ब्याज बढाउँदा सहकारी क्षेत्रको बचत टिकाइराख्न आफुहरुलाई समस्या भएको उनको भनाई छ ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलवार १४:४१