गोर्खाज फाइनान्सको सिईओमा घिमिरे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गोर्खाज फाइनान्सको सिईओमा घिमिरे नियुक्त



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई मंगलबार बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।

कम्पनीका सिइओ लालबावु थिङले पदबाट राजिनामा दिएपछि उक्त पदमा घिमिरे नियुक्त भएका हुन् । घिमिरेले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । यसअघि घिमिरे सोहि फाइनान्स कम्पनीको डिपुटी सिईओकोरुपमा एक वर्षअघि देखि कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।

प्रकाशित : १८ माघ २०७८, मंगलवार १८:२२