ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बीमा

ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो ।

योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, बीमा समितिले उक्त लाभांश परिमार्जन गर्न निर्देशन दिएसँगै कम्पनीले नगदलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै लाभांश परिमार्जन गरेको हो ।

sarbottam
परिमार्जित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ । चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा वितरण गर्न लागेको हो ।

प्रकाशित : ९ माघ २०७८, आइतबार १४:४३ 23 January, 2022 2:43 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।