६ महिनामा १० खर्ब रुपैयाँ बराबरको बस्तु आयात,ब्यापारघाटा ९ खर्ब नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

६ महिनामा १० खर्ब रुपैयाँ बराबरको बस्तु आयात,ब्यापारघाटा ९ खर्ब नजिक



काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै १० खर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ। भन्सार विभागको तथ्याँक अनुसार पुस मशान्तसम्ममा ९ खर्ब ९९ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ।

तर, गत वर्ष यही अवधिमा जम्मा ६ खर्ब ६१ अर्ब २४ करोड २७ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यो आयात गर्त वर्षको पहिलो ६ महिनाअवधिको तुलनामा ५१.१३ प्रतिशतले बढी हो ।

त्यस्तै, नेपालले चालु वर्षको ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको यही अवधिको तुलनामा यो निर्यात ९५४८ प्रतिशतले बढी हो ।

गत वर्ष ६ महिनाको अवधिमा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो ।

नेपालले ६ महिनामा ११ अर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको कुल बैदेशिक व्यापार(आयात–निर्यात) गरेको छ ।

यस तथ्यांकको आधारमा चालु वर्षको पहिलो ६ महिनामा नेपालको कुल व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । यस आधारमा गत वर्षको तुलनामा चालु वर्षको पहिलो ६ महिनामा नेपालको व्यापार घाटा ४६.६४ प्रतिशतले बढी रहेको छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १३:४७