एनआईसी एशिया बैंकको नाफा साढे २ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बिशेष

एनआईसी एशिया बैंकको नाफा साढे २ अर्ब

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.८१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.०८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १२.५९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड १९ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ करोड २० लाख रुपैयाँ रहेको छ। जसले गर्दा सञ्चालन मुनाफामा केही दबाब पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड ९३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३५ रुपैयाँ ७३ पैसाबाट बढेर ४१ रुपैयाँ ५४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष २३.६८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निक्षेप २.७६ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार ०९:०८ 21 January, 2022 9:08 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।