सहकारी बैंक पत्रकारिता पुरस्कार दाहाललाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

सहकारी बैंक पत्रकारिता पुरस्कार दाहाललाई



काठमाडौं । नेपाल सहकारी पत्रकार समाजका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले सहकारी बैंक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यो वर्ष सहकारी बैंकले सहकारी अखवार डटकमका कार्यकारी सम्पादक दाहालाई बैंकले सहकारी बैंक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष विभिन्न बिधामा
प्रदान गर्ने पुरस्कार तथा सम्मान अन्तर्गत दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पुस २४ राजधानीमा आयोजित बैंकको १८ औं बार्षिक साधारण सभामा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले उक्त पुरस्कार प्रदान गरेका थिए ।

दाहाललाई सहकारी क्षेत्रको समाचार संकलन तथा सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास प्रवद्र्धन र सामाजिक रुपान्तरणमा योगदान गरेको भन्दै पुरस्कार प्रदान गरेको जनाइएको छ । बैंकले हरेक वर्ष विभिन्न व्यक्ती तथा संघ संस्थालाई पुरस्कृत तथा सम्मान गर्ने गरेको छ ।

प्रकाशित : २५ पुष २०७८, आईतवार १०:२०