वाणिज्य बैंकहरूले निक्षेपको व्याज नबढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरूले निक्षेपको व्याज नबढाउने



काठमाडौं । वाणिज्य बैंकहरूले आगामी महिना निक्षेपको व्याज नबढाउने भएका छन् । बैंकर्स संघको शुक्रबार बसेको बैठकमा पुस महिनाका लागि निक्षेपमा व्याज नबढाउने सहमति भएको हो । तरलता संकट बढेसँगै निक्षेप संकलनका लागि बैंकरहरूले पछिल्ला दुई महिना व्याज बढाएका थिए ।

तर, पनि सोही अनुरुप निक्षेप संकलन नभएपछि आगामी महिनाका लागि थप व्याज नबढाउने निष्कर्षमा बैंकरहरू पुगेका हुन् । तलरता अभावका कारण पुसमा बैंकको व्याज थप बढ्ने अनुमान गरिएको थियो ।

राष्ट्र बैंकले मासिक रूपमा अघिल्लो महिनाको व्याजको आधार दरमा अधिकतम १० प्रतिशत सम्म व्याज बढाउन सक्ने व्यवस्था गरेको छ ।

यस अनुसार राष्ट्र बैंकले पुस महिनाका लागि ९ दशमलव ३६ प्रतिशत आधारदर तोक्दै यसमा १० प्रतिशतसम्म व्याज बढाउन सक्ने व्यवस्था गरेको थियो । व्याज थप बढ्ने अनुमानका बावजुद बैंकरहरूले भने थप व्याज नबढाउने सहमति गरेका हुन् ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार ०९:१३