नाडा निर्वाचनः करण चाैधरीको पक्षमा यस्तो बन्यो टिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नाडा निर्वाचनः करण चाैधरीको पक्षमा यस्तो बन्यो टिम



काठमाडौं । अटोमोबाइल्सको छाता संगठन नाडाको आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । सिप्रदीदेखि व्यवसायी चन्द्र ढकालसम्मको साथ लिएर चौधरी अध्यक्ष चुनावमा होमिएका हुन् ।

मंसिर २२ र २३ गते हुन लागेको नाडाको निर्वाचन हुँदैछ । नाडाको आगामि कार्यकालका लागि हालका उपाध्यक्ष रहेका चौधरीले १७ जनाको प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन ।

उनले घोषणा गरेको प्यानलमा सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती र मिलनबाबु मल्ल रहेका छन् ।

यस्तै, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, बरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी सदस्य रहेका छन् ।

टाटाका सिईओ एवंम नाडाका कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठले नाडाको अध्यक्षका लागि सहमति हुन नसकेपछि निर्वाचन हुने भएको बताए । श्रेष्ठले नाडामा सहमतिको प्रयास गरिएको तर चुनाव भए आफ्नो टिमले जित्ने ढुक्क भएको बताए ।

नाडाको ४५ औं साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन यही आउँदो मंसिर २२ र २३ गते हुँदैछ । निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमिती पदाधिकारीहरुको टुंगो लगाउने छ ।

यसअघि नै अर्का अध्यक्षका उम्मेद्वार व्यवसायी ध्रुव थापाले आफ्नो प्यानलसहितको उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार १७:२५