यस्ता छन् मन्त्रिपरिषदका निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

यस्ता छन् मन्त्रिपरिषदका निर्णय



काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूलाई सरुवा गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिएका हुन ।

लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।

त्यस्तै, आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका लागि सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी गराएका छन् ।

त्यस्तै, प्रशोधित घाँसको व्यावसायीक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरूप नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार १८:००