एनएमबि बैंकको साधारण सभा पुस २२ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबि बैंकको साधारण सभा पुस २२ गते



काठमाडौं । एनएमबि बैंकले आगामी पुस २२ गते बिहीबार २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको कार्तिक १३ गते सोमबार बसेको सञ्चालक समितिको ४२८ औं बैठकले आगामी पुस २२ गते साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभाले कार्तिक १२ गते सम्पन्न सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस र ३.३० प्रतिशत नगदगरी कुल १५.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

बैंकको वर्तमान जारी पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ छ । बोनस सेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले सोहि बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गरिनेछ ।

नियमनकारी निकायबाट कुनै संशोधन गर्न सुझाव आएमा सो अनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा गत आवको नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण स्वीकृति लागायतका एजेण्डाहरु समावेश रहेका छन् ।

नेप्से मार्फत सार्वजनिक सूचनामा बैंकले लाभांश वितरण तथा सभा प्रयोजनका लागि बुक क्लोजको मिति भने उल्लेख गरेको छैन ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार १४:२८