काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न कम्पनीका बोनस सेयर तथा एक म्युचुअल फण्डका इकाईहरू सूचीकृत भएका छन्। नेप्सेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र यूनाइटेड इदी मार्दी हाइड्रोपावरका बोनस सेयर सूचीकरण गरेको हो।
नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर बापत १४ लाख ६२ हजार ७१० कित्ता सेयर सूचीकृत भएको छ। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४० प्रतिशत बोनस सेयर बापत ५१ लाख ३७ हजार ४ हजार ८९ कित्ता सेयर सूचीकृत भएको जनाएको छ।
यसैगरी यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर बापत २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ।
यसबीच नेप्सेमा म्युचुअल फण्डतर्फ ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ का इकाईहरू पनि सूचीकरण भएका छन्। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाका प्रति इकाई अंकित मूल्य १० रुपैयाँका कुल २० करोड इकाई नेप्सेमा सूचीकृत गरिएको हो।
सूचीकरण भएसँगै ‘नेपाल लाइफ समृद्धि लगानी योजना’का इकाईहरूको कारोबार २०८२ चैत ३ गतेदेखि दोस्रो बजारमा सुरु हुनेछ। लगानीकर्ताले ‘NSY’ संकेत प्रयोग गरी यसको खरिदबिक्री गर्न सक्नेछन्।






Comment